चितवनमा प्रधानमन्त्री ओलीलाई रेणुको चुनौती


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जादै छन् । उनले भरतपुरमा आज दुई ठुला आयोजनाहरुको शिलान्यास गर्न लागेका हुन् ।

आज प्रधानमन्त्री ओलीले भरतपुरमा सिटी हल निर्माण र महेन्द्र राजमार्गको पुलचोक गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने योजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।

यसै बिच उनलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चुनौती दिएकी छिन् । महानगरपालिका प्रमुख दाहालले आफ्नो कार्यकालमा भइरहेको विकास निर्माणमा सत्ता र शक्तिको दुरुपयोग गरी जर्बजस्ती शिलान्यास गर्न लागिएको बताइन् ।

महानगरपालिका प्रमुख रेणु दाहालले आफूले निकै मिहेनत गरी भरतपुरमा विकासको कामलाई निकै अगाडि बढाएको बताइन् । चितवनमा विकास निर्माणले गति लिइरहेको र विभिन्न आयोजनाहरु ल्याउन आफूले भूमिका खेलेको बताइन् । आयोजना ल्याउने काम आफूहरुले गरेको तर शिलान्यास गर्न अर्को पक्ष आउन लागेको भन्दै आपत्ती जनाइन् ।

प्रतिक्रिया