

प्रधानमन्त्री आज चितवन जाने, अरू काे काे जाँदै छन् ?

काठमाडौं – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा अोली आज चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने भएका छन् । भरतपुरको केन्द्रीय बसटर्मिनलमा हुने बृहत जनसभालाई सम्बोधन गर्न ओली चितवन जान लागेका हुन् ।
सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्राङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । उता चार बर्षमा दुई किलोमिटर सडक विस्तारको काम नसक्ने ठेकेदारलाई प्रधानमन्त्री आउने भएपछि सडक डिभिजन कार्यालय भरतपुरमार्फत दवाव परेको थियो ।
दिउँसो १२:३० बजेबाट आमसभा सुरु हुनेछ । सभामाअघि पूर्व क्षेत्रको बसन्तचोक,पश्चिम क्षेत्रको चौविसकोठी र उत्तर क्षेको मालपोत चोकबाट र्याली निकालिनेछ ।
जनसभामा प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री इश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

