

विमानस्थलबाट १९ किलो सुन बरामद

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट १९ केजी भन्दा बढी सुन बरामद भएको छ ।
त्रिभुवन विमानस्थाल सुरक्षा प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले १९ केजी सुन बरामद भएको पुष्टी गरे ।
फ्लाइ दुबईबाट आएका सुडानी नागरिक १९ किलो बढी सुनसहित पक्राउ परेका हुन् ।
यसअघि १२ करोडको कोकिनसहित दुई विदेशी महिला पनि आजै विमानस्थलबाट पक्राउ परेका थिए ।

