शिक्षक विष्टको हत्या नै भएको निश्चित, हत्यामा संलग्नहरू सार्वजनिक गर्ने तयारीमा प्रहरी


कैलाली – बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पुस २ गते कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडि विष्टको शव भेटेको थियो । सोही दिनबाट सुरु गरेको प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अहिले सम्मको अनुसन्धानमा शिक्षकको हत्या भएको प्रहरीले ठहर गरेको छ । हत्यामा संलग्नहरू पनि आजै सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

‘हामी अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ’ एक प्रहरी अधिकारीले भने ‘आजै सार्वजनिक पनि हुन सक्छ । अनुसन्धानको केही अंशहरू मात्रै बाकी छ ।’

प्रहरीले अहिले सम्म ११ जना शङ्कास्पदलाई पक्राउ गरिसकेको छ । ती मध्येबाटै केहीले घटनाको अभियोग स्वीकार गरिसकेको प्रहरी स्रोतको दाबी छ । प्रहरीले चार जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया