‘कोही व्यक्ति मेरो अतीतमा घुस्न खोजिरहेको छ’


मुम्बई – पूर्व बलिउड टिभी अभिनेत्री सना खानले सोसल मिडियामा एक नोट पोस्ट गरेकी छन् । उनी अहिले आफूविरुद्ध बनिरहेका नेगेटिभ भिडियोबाट धेरै हैरान छिन् । उनले कसैको नाम उल्लेख नगरि लेखेकी छन्, ‘कोही व्यक्ति मेरो अतीतमा घुस्न खोजिरहेको छ ।’

सना पूर्णरुपमा अभिनयको दुनियाँबाट टाढा बनिसकेकी छन् र आफ्नो विवाहीत जिन्दगीमा धेरै खुशी छन् ।

उनले लेखेकी छन्, ‘कसैले सोसल मिडियामा मेरो नेगेटिभ भिडियो बनाइरहेको छ,तर मैले धैर्य राखिरहेको छु, अब मेरो बारेमा एक व्यक्तिले नराम्रो भिडियो बनाएर बकवास गरिरहेको छ । म एकदम हैरान बनिसकेकी छु ।’

प्रतिक्रिया