

वैदेशिक रोजगारमा गएका तनहुँका यी ९ जना, जो वर्षौंदेखि सम्पर्कबिहीन छन्

तनहुँ – वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर लामो समयसम्म घरपरिवारसँग सम्पर्कमा नआउने गरेका छन् । यसरी वैदेशिक रोजगारमा गएकाहरु लामोसमयदेखि तनहुँका ९ जना सम्पर्कमा आएका छैनन् ।
घरपरिवारसँग धेरै वर्षसम्म सम्पर्कमा नआएका जिल्लाका नौ रहेको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र तनहुँका अध्यक्ष दीपेन्द्र खनालले जानकारी दिए। वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर घरपरिवारसँग लामो समयदेखि सम्पर्कविहीन भएका उनले बताए ।
वैदेशिक रोजगारीमा गएको नौदेखि २० वर्षसम्मका रहेको जनाइएको छ । वैदेशिक रोजगारीमा मलेसिया गएदेखि (२० वर्ष) हालसम्म ऋषिङ गाउँपालिका–७ का ओमप्रकाश परियार परिवारसँग सम्पर्कमा नआएका उनले बताए ।
त्यस्तै दुवई गएको १५ वर्षदेखि व्यास नगरपालिका–४ का सुरेन्द्र खनाल, मलेसिया गएको १५ वर्षदेखि म्याग्दे गाउँपालिका–१ का कृष्णबहादुर सिजाली मगर, मलेसिया गएको ११ वर्षदेखि व्यास नगरपालिका–९ का शङ्कर गैरे, मलेसिया गएको ११ वर्षदेखि म्याग्दे गाउँपालिका–२ का दिलबहादुर गुरुङ, मलेसिया गएको नौ वर्षदेखि म्याग्दे–५ का बमबहादुर गुरुङ, दुबई गएको नौ वर्षदेखि म्याग्दे–२ का सुदर्शन रानाभाट, व्यास –६ का शमशेर विक र भानु नगरपालिका–२ का पदमराज दाहाल हालसम्म घरपरिवारसँग सम्पर्कमा नआएको उनले जानकारी दिए ।

