

माधव नेपाललाई संसदीय दलको नेता छान्दै नेकपा एस संसदीय दल

काठमाडौं — नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दैछ ।
केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले दलको नेता चयन गर्नेसमेतको प्रयोजनका लागि बैठक बोलाएको हो ।
समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ ।
बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरुसँग छलफल अगाडि बढाउने निर्णयसमेत गरेको महासचिव डा। बेदुराम भुसालले बताए ।
आइतबारै नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र वामपन्थी नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको नेकपा एसले जनाएको छ ।

