धनगढीमा २ किलो चरेससहित २ जना पक्राउ


कैलाली – धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ खप्तडछान्ना गाउँपालिका-३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका-२ बस्ने ३६ वर्षीय जक्सन रोकाया रहेका छन् । उनीहरूको साथबाट २ किलोग्राम अवैध लागुऔषध चरेससहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रावलको साथबाट १ किलो २ सय ग्राम र रोकायाको साथबाट ८ सय ग्राम उक्त चरेस फेला परेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया