ठमेलमा चिनियाँ नागरिकबीच पुनः ‘ग्याङ्ग फाइट’, एक घाइते


काठमाडौं – राजधानीमा चिनियाँ नागरिकहरुबीच पुनः हिंसात्मक भिडन्त भएको छ । गए (शनिबार) राति ठमेलमा दुई समूहबीच भएको ‘ग्याङ्ग फाइट’ मा एक जनाको हातको नशा काटिएको छ ।

ठमेलस्थित छायाँ सेन्टरस्थित विण्डो होटलमा भएको खुकुरी हानाहानमा ६० वर्षे निगु सुन घाइते भएका छन् । उनको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

चिनियाँ नागरिकहरू पो र योङ योङले प्रहार गरेको खुकुरीबाट निगु घाइते भएका हुन् । तीन साताअघि पनि ईन्द्रचोकमा मध्यान्हको समय चिनियाँहरुबीच भएको छुरा प्रहारमा एक जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया