शल्यक्रिया गर्न लाखौँ रकम घुस लिने चिकित्सकलाई ५ वर्ष जेल


न्युयोर्क – एक भारतीय मूलका अमेरिकीचिकित्सकलाई मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर घुस लिएको अभियोगमा ५ वर्ष जेल सजाय तोकिएको छ ।

अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गर्ने भारतीय मूलका एक अमेरिकी चिकित्सकलाई उक्त सजाय सुनाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

क्यालिफोर्नियाका ५५ वर्षीय न्युरोसर्जन डा। लोकेश एस। तन्तुवायाले लङ वीचको एक अस्पतालमा शल्यक्रिया गरेका थिए । ठगी गरेको आरोपमा अस्पतालका सञ्चालकलाई पनि जेल चलान गरिएको छ ।

न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार डा तन्तुवेयाले सेप्टेम्बर १ दोषी स्वीकार गरेका थिए । उनी मे २०२१ देखि संघीय हिरासतमा छन् ।

सन् २०१० देखि २०१३ सम्म डा तन्तुवायाले लङ बिचको प्यासिफिक अस्पतालका मालिक माइकल ड्रोबोटबाट मेरुदण्डको शल्यक्रिया गरे वापत पैसा लिएका थिए । मेरुदण्डको शल्यक्रियाको प्रकार अनुसार घुस रकम फरकफरक हुन्छ’, अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया