बारामा हत्या गरी परालले छाेपेर राखेकाे अवस्थामा एक युवक शव फेला


वीरगञ्ज – बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा एक युवको शव फेला परेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव परालले छोपेको अवस्थामा भेटिएको हो । उनको रले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनको शवको भेटिएको प्रकृति हेर्दा कर्तव्य गरी मारेर फालेको हुन सक्ने आशंका देखिएको प्रहरी उपरीक्षक बोगटीले बताए । काटेको पराल अर्थात भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया