आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा एक महिला गम्भीर घाइते


हेटौँडा – घरायसी विवाद हुँदा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी एकजना महिला घाइते भएकी छन् ।

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ पलासेमा भएको घटनामा ३० वर्षकी रिना ब्लोन गम्भीर घाइते भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

घाइते महिलाको उपचारको लागि चितवन पठाइएकोमा त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको प्रहरीले बताएको छ ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया