
साइबर व्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ
काठमाडौं – नेपाल प्रहरीको साइबर व्यूरोले सामाजिक सञ्जाल दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा चितवन रत्ननगर नगरपालिका-५ झुवानीटोल बस्ने १८ वर्षीय युवक करण महतो पक्राउ परेका हुन् ।
महतोले साइबर ब्यूरोको नक्ककली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्याएर ठगी गर्ने नक्कली पेज प्रयोग गरेको पाइएको ब्यूरोको आरोप छ ।
पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतले ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 



कागजपत्र |
