
भक्तपुरको गणेश मन्दिरबाट पाँचवटा घण्टी चोरी
भक्तपुर – भक्तपुरको पुरानो जगातीस्थित गणेश मन्दिरबाट पाँचवटा घण्टी चोरी भएको छ। भक्तपुर नगरपालिका-८, पुरानो जगातीस्थित मन्दिरबाट पाँच वटा घण्टीहरु चोरी भएको हो।
मन्दिरमा मूर्ति अगाडि राखिएका घण्टीहरू सोमबार राति चोरी भएका हुन्। स्थानीयका अनुसार अर्को घण्टी चोर्ने असफल प्रयास गरिएको देखिएको छ। तर त्यो निकाल्न नसकेर त्यतिकै छोडिएको छ।
स्थानीय लक्ष्मीप्रसाद झांगका अनुसार मन्दिरको मूर्ति अगाडि रहेको ठूलो तीनवटा र सानो दुईवटा घण्टी चोरी भएको छ। मन्दिरमा तीनवटा मूर्ति रहेका छन्। यो भक्तपुरकै एउटा पुरानो मन्दिर हो।



कागजपत्र |
