धरान एकल महिला हत्या काण्ड : घटनामा संलग्न चार जना पक्राउ


धरान – धरानमा ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न चार जना अभियुक्त पक्राउ परेका छन्। धरान उपमहानगरपालिका-१३ की राईको हत्यामा पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय धरानले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

उषाको हत्यामा संलग्न मुख्य अभियुक्त धरान-१३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान-१७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले बताएका छन्।

पक्राउ परेका चारै जनालाई पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको छ। मुख्य अभियुक्त उर्मिलाले आफ्ना श्रीमान् गोविन्द्र राईसँग उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समुहका सदस्यहरूलाई बोलाएर कुटपिट गरी गंभिर घाइते बनाएका थिए।

घाइते उषाको उपचारका क्रममा मंसिर १३ गते उपचारका क्रममा मृत्यु भएको थियो। उषाको हत्या पश्चात महिलाहरूले अभियुक्तलाई तत्काल पक्राउ गर्न दावाव दिएका थिए। उषाको परिवारले हत्यामा संलग्न स्थानीय सिर्जना राई, निरकुमारी गुरुङ, मिना राई लगायतका नाममा किटानी जाहेरी दिएको छ। तर, अन्य अभियुक्तहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया