बझाङमा पशु चाैपाया मर्न थालेपछि चिकित्सकसहितकाे टाेली गाउँमा


बझाङ – बझाङमा पशु चाैपाया मर्न थालेपछि चिकित्सकसहितकाे टाेली गाउँमा पुगेको छ । बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ चित्रुमा धमाधम चौपाया मर्न थालेपछि पशु चिकित्सकसहितको टोली गाउँ पुगेको हो ।

गएकाे शनिवारदेखि गाउँमा एकाएक पशु चौपाया मर्न थालेको स्थानीयवासी नविन खड्काले जानकारी दिए । एकै दिन बर्कबहादुर खड्काका चार वटा दूध दिने गाई मरेपछि गाउँमा त्रास फैलिएको छ । गाउँ नजिकैको जङ्गलमा चराउन लगेको अवस्थामा गाईहरू मरेका हुन् ।

हिजो आइतवार पनि गाउँकै दुई वटा गोरु मरेको छ । गाउँमा पशु चौपाया मर्न थालेपछि स्थानीयवासीले भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बझाङमा जानकारी गराएपछि पशु चिकित्सकसहितको टोली आज गाउँमा पुगेकाे छ । चिकित्सकले पशु चर्ने ठाँउमा विष परेको हुन सक्ने आशङ्का गरेका छन् ।

प्रतिक्रिया