अवैध हतियारसहित एक जना पक्राउ


नुवाकोट – शिवपुरी गाउँपालिका-३ कार्तिके नयाँगाउँ नब्दीका एक स्थानीयलाई अवैध हातहतियार राखेको अभियोगमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ६५ वर्षीय हर्कबहादुर तामाङ छन् ।

तामाङलाई भरुवा बन्दुक २ थान र त्यसमा प्रयोग हुने बारुद एक किलोसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए ।

उनीमाथि आइतबार नुवाकोट अदातलबाट हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान जारी राखिएको छ ।

प्रतिक्रिया