टिकटकमा भेटियो बग, प्रयोगकर्ताको ईमेल आईडी र फोन नम्बर ह्याक गर्न सक्ने


काठमाडौं – लोकप्रिय एप टिकटकमा नयाँ सुरक्षा कमजोरी देखिएको छ । टिकटक प्रयोगकर्ताको ब्यक्तिगत जानकारीको सुरक्षा भरपर्दो नभएको जानकारी आएको छ । यसअन्तर्गत ह्याकरले सहजै प्रयोगकर्ताको फोन नम्बर, ईमेल आईडी लगायतका जानकारी प्राप्त गर्न सक्ने खालको कमजोरी फेला परेको छ ।

साइबर सेक्युरिटी रिसर्चर चेकप्वइन्टले मंगलबार यसबारे जानकारी दिएको हो । जुन प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर टिकटकसँग लिंक गरेका छन्, ती प्रयोगकर्ताको हकमा मात्रै यस्तो समस्या देखिएको चेकप्वइन्टले उल्लेख गरेको छ ।

यो बग टिकटकको ‘फाइन्ड फ्रेन्ड’ अप्सनमा रहेको जनाइएको छ । जसमार्फत ह्याकरले प्रयोगकर्ताको फोटो, फोन नम्बर लगायतका विवरणमा पहुँच पुर्‍याउन सक्नेछ । यो समस्या समाधानका लागि प्रयास गरिरहेको जानकारी टिकटकले दिएको छ ।

प्रतिक्रिया