दार्चुलामा भिरबाट लडेर १ जनाको मृत्यु


दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर व्यास गाउँपालिका-३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आज शुक्रवार दिउँसो घाँस-दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक इन्स्पेक्टर राजेश शाहीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया