

२०३ सैनिक शान्ति मिसन प्रस्थान

काठमाडौं – संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दुई सय तीन जना नेपाली सैनिक बिहीबार सेन्टर अफ्रिकन रिपब्लिक देश प्रस्थान गरेको छ ।
मिसनमा तैनाथ हुन कालीजंग गणका नेपाली शान्ति सैनिकहरु सेनानी रुपक राईको नेतृत्वमा काठमाडौंबाट मिसन ईलाकातर्फ प्रस्थान गरेको हो ।
नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत संयुक्त राष्ट्र संघको मिसनहरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आईरहेको छ ।

