अश्लीलताले उदाए, अहिले कता अस्ताए?


काठमाडौं– ‘पोर्न स्टार’ बन्ने सपना पालेकी अर्चना पनेरु प्रकरणले एक पटक सामाजिक सञ्जालदेखि सबैतिर तताएको थियो। उनका नग्न तस्बिर र भिडिओले विभिन्न पोर्नसाइट पनि छाएका थिए। कतिपय म्युजिक भिडिओ र फिल्ममा पनि अभिनय गरेकी पनेरु अहिले पलायन भएकी छन्।

आमाको साथ पाएकी उनले यतिविध्न नग्नता प्रदर्शन गरिन् कि युट्युवदेखि अनेक साइट उनको पछाडि लागेका थिए। तर, अहिले उनी मिडियामा अस्ताएकी छन्। स्रोतहरूका अनुसार यी आमाछोरी नै भारततिर भासिएका छन्।

त्यसअघि एउटा विदेशी नागरिकसँग बिहे गरेको तस्बिर सार्वजनिक भएको थियो। नेपालमा आपराधिक काममा सक्रिय रहेका ति नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो।

अश्लिलताको अर्को उदाहरणका रुपमा कलाकारिता क्षेत्रमा नै उदाएकी पात्र हुन्, तिर्सना बुढाथोकी। बेलामौका सामाजिक सञ्जालमा सक्रिय देखिने गरेकी उनी पनि अहिले पलायन छिन्। कलाकारिताको आडमा अमेरिका पुगेकी बुढाथोकी उतै भासिएकी छन्।

युट्युवका विविध अन्तरवार्तामा अश्लिलता प्रदर्शन गरेपछि परि तामाङलाई प्रहरीले नियन्त्रणमा लियो। अहिले उनी हिरासतमा छिन्। केही म्युजिक भिडिओमा पनि नग्नता प्रदर्शन गरेकी उनको ‘पोर्न भिडिओ’ पनि सार्वजनिक भएको थियो। आफ्ना प्रेमी भनिने युवकसँगको पोर्न भिडिओ आएको केही दिनमा नै प्रहरीले पक्राउ गरेको थियो।  

एउटा नग्न फोटो शुट गरेर चर्चामा आएकी थिइन्, अंशु भुसाल । कपिलवस्तु गोरुसिंगेकी उनी हाल बुटवलमा बसेर पढिरहेकी छिन् । तर फोटो शुट गर्ने चाहना भने आफ्नो सानै देखि नै रहेको उनको भनाई रहेको थियो। तैपनि उनी जम्न सकिनन् र पलायन भइन्। बोल्ड फोटो शुट आफुले गरेपछि आफुलाई धेरै व्यक्तिहरुबाट सेक्सको प्रस्ताव आएको उनले बताएकी थिइन्।

अंग प्रदर्शन र नग्नतालाई कलाकारिकताको सिँढी बनाउनेहरू मिडियामा एकताका ह्वात्तै आएका थिए। तर सृजनात्मक क्षेत्रमा यस्ता चिज लामो समय भने टिकेका छैनन्। एक जना कलाकार भन्छन्,‘यस्ता खहरे जस्ता अनेक पटक आउँछन् फेरि आफैं पलायन भएर जान्छन्।’

प्रतिक्रिया