एआईजी दिवेश लोहनीले सम्हाले उपत्यका कमाण्ड


काठमाडौं — काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीले कार्यालयको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्।

काठमाडौंको रानीपोखरीस्थित कार्यालय पुगेर बिहीबार पदभार ग्रहण गरेका हुन्। उनलाई डीआईजी किरण राणाले स्वागत गरेकी थिइन् । पदभार ग्रहणपश्चात् उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशनसमेत दिए।

यसअघि उपत्यका प्रहरी प्रमुख रहेका एआईजी रवीन्द्रबहादुर धानुक २४ कार्तिकबाट अनिवार्य अवकाशमा गएपछि सरकारले रिक्त रहेको स्थानमा एआईजी लोहनीको काज सरुवा गरेको हो। हालै सम्पन्न निर्वाचनमा प्रहरीको केन्द्रीय कमाण्ड सम्हालेका लोहनी अपराध अनुसन्धान विभाग प्रमुख थिए।

प्रतिक्रिया