

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – उदयपुरमा २३ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-४ बर्खे डाँडाका ६१ वर्षीय ज्ञान बहादुर बिसुङ्खे रहेको प्रहरीले पक्राउ जनाएको छ । गत भदौमा ज्ञानबहादुर र सोही ठाउँका ३५ वर्षीय टीकाराम बिसुङ्खेले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
हाल फरार रहेका अर्का अभियुक्त टिकारामको खोजी भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

