पर्सामा छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


वीरगञ्ज – पर्सामा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज २५ चण्डाल चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो । वीरगञ्ज २४ बस्ने अन्दाजी ७५ वर्षीय रुपा राउत कुर्मीको मृत्यु भएको हो ।

बुधबार ना ३ ख ६०७५ नम्बरको ट्रकको ठक्करबाट साइकल यात्री रुपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

ट्रक चालक वीरगञ्ज २२ जगरनाथपुरका २५ वर्षीय छोटु कुमार कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।

त्यस्तै पर्साको बहुदरमाई नगरपालिकामा ट्याक्टरको ठक्करबाट बहुदरमाई नगरपालिका वडा नं. ८ बस्ने ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठेलामा चटपटे बिक्री गरी घर फर्कदै गरेका साहलाई मंगलबारराति रामनगरीबाट महुवनतर्फ जाँदै गरेको ट्याक्टरले ठक्कर दिएको थियो ।ट्याक्टरको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले जानकारी दिए ।

प्रतिक्रिया