आमा समूहका पदाधिकारीको कुटाइबाट राईको मृत्यु


धरान – आमा समूहका पदाधिकारीको कुटपिटबाट घाइते भएकी उषा राईको मृत्यु भएको छ । धरानका एक व्यक्तिसँग अवैध सम्बन्ध राखेको भन्दै जनजागृत आमा समूहका पदाधिकारीले ४२ वर्षीया राईलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते बनेकी राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको हो ।

अवैध सम्बन्धको आरोप लगाउँदै आमा समूहका पदाधिकारीले गरेको कुटपिटबाट राईको निधन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले बताए ।

घटनामा संलग्न भएका ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया