पर्सा १ मा पूर्वमन्त्री यादव रचे नयाँ इतिहास


वीरगन्ज – पर्सा क्षेत्र नम्बर १ मा लगातार दोस्रो जित हात पार्दै प्रदीप यादवले नयाँ इतिहास रचेका छन्। २०४८ देखि २०७४ सम्म भएका ६ वटा निर्वाचनमा कसैले पनि दोहोर्याएर जित हात पार्न नसकेको पर्सा क्षेत्र नम्बर १ मा यादव भने लगातार दोश्रो पटक जित हासिल गर्दै नयाँ इतिहास रचेका हुन्।

जसपा-एमाले गठबन्धनबाट जसपाका उम्मेदवार यादव २२ हजार ५ सय ३७ मतका साथ लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले २० हजार ९ सय १७ मत पाएका छन्। काँग्रेसबाट टिकट नपाएपछि द्धिवेदीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। यादव र द्धिवेदी बिचको मतान्तर १ हजार ६ सय २० छ।

यस क्षेत्रमा पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार एंव निर्वतमान सांसद लक्ष्मणलाल कर्णको भने जमानत नै जफत भएको छ।

प्रतिक्रिया