चितवन-२ मा २२०६४ मतसहित घण्टिको अग्रता कायमै, एमाले तेस्रो


चितवन –  चितवनको निर्वाचन क्षेत्र नं २ मा राट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो अग्रता कायमै राखेका छन् ।

रास्वपाका सभापति समेत रहेका लामिछानेले २२ हजार ६४ मत प्राप्त गर्दै अगाडि बढिरहेका छन् । उनका निकटत प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १० हजार ५९ मत सहित लामिछानेलाई पछ्याइरहेका छन् । सत्ता गठबन्धनको समर्थनसहित चुनवी मैदानमा होमिएका श्रेष्ठलाई लामिछानेले १२००५ मतले पछि पारेका छन् ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले १० हजार ४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया