

गण्डकी प्रदेश सभामा एमालेलाई पाँचौं सफलता

पोखरा – गण्डकी प्रदेशसभामा नेकपा एमालेले पाँचौं सीट जितेको छ । एमालेबाट कास्की ३ (१) प्रदेशसभामा गणेशमान गुरुङ विजयी भएका हुन् ।
गुरुङले १४ हजार ४७३ मत ल्याउँदा उनका प्रतिस्पर्धी दुर्गादत्त भण्डारीले ९ हजार ६६२ मत पाए । एमालेले यसअघि नवलपुर २ (२) प्रदेशसभा क्षेत्र, तनहुँ २ (१) र कास्की २ (१) जितिसकेको छ ।

