जसपाले खोल्यो खाता, पर्सा १ बाट प्रदीप यादव विजयी


पर्सा –  जनता समाजवादी पार्टी (जसपा)बाट पर्सा क्षेत्र नम्बर १ का प्रदीप यादवले खाता खोलेका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

यादव र द्धिवेदीबीच १ हजार ६२० मतान्तरले पाजित गरेका हुन् । यादवले २२ हजार ५३७ मतप्राप्त गर्दा द्धिवेदीले २० हजार ९१७ मत पाएका हुन् । तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाएका छन् ।

यादव २०७४ सालको चुनावमा यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए । उनको यो दोस्रो पटकको संसद् यात्रा हो । पार्टी अध्यक्ष उपेन्द्र यादव भने सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका छन् ।

प्रतिक्रिया