

सिरहामा दुई थान भरुवा बन्दुक बरामद

सिरहा – मिर्चैया नगरपालिका-९ कमल दह घुर्मिखोलाबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका २ थान भरुवा बन्दुक शुक्रबार दिउँसो बरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

