

ओखलढुंगामा प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय

ओखलढुंगा – ओखलढुंगामा शनिबार फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार जिल्लाको मैलुङ गाउँपालिकास्थित पुलमा प्रेसर कुकर बम फेला परेको थियो ।
बम भेटिएपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेर त्यसलाई डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । निर्वाचनको पूर्वसन्ध्या देसैभर बम फेला परिरहेको छ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत साना वाम दलहरूले आम निर्वाचन बहिष्कार गरेका छन् ।

