फुल्चोकीमा हराएका ४ विद्यार्थीको ११ घण्टापछि उद्धार


काठमाडौं – ललितपुरको फुल्चोकीमा हराएका चारजना विद्यार्थीहरूलाई प्रहरीले उद्धार गरेको छ। काठमाडौंको मूलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा पढ्ने १ सय २५ जना विद्यार्थी तथा ९ जना शिक्षक फुल्चोकी घुम्न गएका थिए।

शनिबार दिउँसो करिब २ बजे फर्किने क्रममा उनीहरूमध्ये ४ जना विद्यार्थी हराएका थिए। फुल्चोकीमा हराएका चारजना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ।

छोटो बाटो हिँड्न खोजेपछि उनीहरू जंगलमा हराएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। शिक्षक र विद्यार्थीहरूले मिलेर खोज्दा पनि फेला नपरेपछि शनिबार साँझ करिब ७ बजेतिर उनीहरूले प्रहरी प्रभाग, बाडेगाउँमा खबर गरेका थिए।

खबर पाएपछि प्रहरी निरीक्षकसहित खटिएको २० जनाको टोलीले मध्यराति १ बजे उनीहरूलाई फेला पारेको परिसरले जनाएको छ।विद्यार्थीहरूलाई फेला पारेर शिक्षकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया