

गृह मन्त्रालयमा बढुवा समितिको बैठक, १५ एसपीका लागि प्रहरीका ३४ डिएसपी स्पर्धामा

काठमाडौं– गृह मन्त्रालयले सोमबार १५ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)को प्रहरी उपरिक्षक (एसपी)मा बढुवा सिफारिस गर्ने भएको छ।
गृह मन्त्रालयका सह–सचिव थानेश्वर गौतमसहित बढुवा समितिको बैठक बसीरहेको स्रोतले जनाएको छ। समितिले सोमबारै डिएसपीबाट एसपीमा बढुवा हुनेको नाम सिफारिस गर्ने बताइन्छ।
२०५८ मा इन्सपेक्टरबाट सेवा प्रवेश गरेका डिएसपीहरु एसपी बढुवाको स्पर्धामा रहेका हुन्।
भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, राजकुमार सिलवाल, अमरेन्द्र बहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदम विष्ट, महेन्द्र श्रेष्ठ, राजेन्द्रबाबु रेग्मी, वासुदेव खतिवडा बढुवाको स्पर्धामा छन्।
यस्तै, योगेन्द्रसिंह थापा, दिलीप घिमिरे, वीरेन्द्र शाही, सुवासचन्द्र बोहरा, जनकबहादुर शाही, रामहरि पाण्डे, प्रजित केसी, रामेश्वर कार्की, लक्ष्मीराज अधिकारी, जनकबहादुर शाही, अर्जुन रानाभाट, अर्जुन तिमल्सिना, चक्रराज जोशी, सुमन तिमल्सिना, देवेन्द्र पाल, भीमकिरण बोगटी, सीताराम रिजाल, रमेश पण्डित, सरोज पौडेल, विष्णुहरि कोइराला, नरहरि रेग्मी, नेत्रमणि गिरी, विनोद शर्मा र हेरम्ब शर्मा पनि बढुवाको प्रतिस्पर्धामा छन् ।
बढुवाको प्रतिस्पर्धामा रहेका ३४ जना डिएसपीहरु यसअघि २०६९ फागुन १३ मा र २०७० साउनमा दोस्रो पटक डिएसपीमा बढुवा भएका एउटै ब्याचका अधिकृतहरु हुन्।

