

शेयरबजारमा भारी गिरावट, ३९ अंकले नेप्से घट्दा डेढ अर्बभन्दा कमको कारोबार

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.१५ अंकले घटेको छ । पछिल्ला केही दिन बढेको सेयर बजारबाट लगानीकर्ताले अल्पकालीन नाफा बुक गर्दा बुधबार परिसूचक ओरालो लागेको हो ।
यस दिन लगानीकर्ताको आकर्षण सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का योजनामा देखिएको छ । म्युचुअल फन्डप्रति इकाइ १० रुपैयाँमा निष्कासन भए पनि बजार घट्दा त्योभन्दा कम मूल्यमा पाइने स्थिति छ ।
बुधबार लगानीकर्ता १० रुपैयाँभन्दा कम मूल्य भएका सामूहिक लगानी कोष किन्न आकर्षित देखिए ।
३९ अंकले परिसूचक ओरालो लाग्दा यस दिन एक अर्ब ४० करोड रुपैयाँको कारोबार बजारमा भएको छ । २२३ कम्पनीका ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर किनबेच भएको छ ।
बुधबार सबैभन्दा बढी अपरहेवाखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
यस दिन कारोबारको आधारमा नेष्डो लघुवित्त अगाडि छ । संख्याको आधारमा हिमाल दोलखा अगाडि छ । कारोबार संख्याको आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि छ ।

