

‘चोली मैलै भो’का गायक दूतराजले गरे अस्ट्रेलियामै आत्महत्याको प्रयास !

काठमाडौं – ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’, ‘रेलिमाई’ जस्ता चर्चित गीतका सर्जक एवं गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् ।
कार्यक्रमका लागि अष्ट्रेलिया गएका बखत दूतराजले अष्ट्रेलियामै आफू बस्ने फ्ल्याटमा झुन्डिने प्रयास गरेकोमा गायिका भूमिका गिरीले उद्धार गरेको जनाइएको छ ।
दूतराजले स्थानीय समयअनुसार आइतबार राति २ बजे झुण्डिने प्रयास गरेको जनाइएको छ । अक्टोबर २० का दिन सांगीतिक कार्यक्रमका लागि भूमिका र दूतराज अस्टे«लिया गएका थिए । उनीहरुलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेकोमा सोही फ्ल्याटमा दूतराजले झुण्डिने प्रयास गरेको जनाइएको छ । झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको आयोजक निकट स्रोतले बतायो ।
दूतराजको अवस्था अहिले सामान्य छ । उनले आत्महत्या प्रयास गर्नुको कारण खुलाएका छैनन् । दूतराज र भूमिका अहिले केही दिनपछि अष्ट्रेलियाबाट फर्किने कार्यक्रम छ ।

