

सत्तारुढ गठबन्धनलाई जिताए मुलुक अन्धकारमा जान्छ : राजेन्द्र लिङ्देन

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्तारुढ गठबन्धनलाई जिताए मुलुकको भविष्य अन्धकारतर्फ जाने बताएका छन् ।
शनिबार पश्चिम नवलपरासीको सुनवलमा राप्रपाले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अब पनि कांग्रेस र माओवादीलाई जिताए देश बिगार्ने काममा जनताको पनि साथ रहेको पुष्टि हुने बताए ।
अध्यक्ष लिङ्देनले मुलकको निर्वाचन प्रणाली र शासकीय स्वरुप परिर्वतन गर्नुपर्ने बताए । उनले अब व्यक्तिलाई नभई पार्टीका एजेन्डा हेरेर मतदान गर्नुपर्ने बताए । शासकीय स्वरुप परिवर्तन गरी सांसद मन्त्री बन्न नपाउने र कार्यकारी प्रधानमन्त्री जनताले प्रत्यक्ष चुन्न पाउनुपर्नेमा उनले जोड दिए ।

