पाल्पामा मतपत्र प्याकेजिङको काम सम्पन्न


तानसेन – पाल्पामा मतपत्र प्याकेजिङको काम सम्पन्न भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र प्याकेजिङ गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सामग्री मिलाउने, मतदाता संख्या अनुसार मतपत्र मिलाउने, रुजु गर्ने, बिग्रेको मतपत्र हटाउने, मतदानस्थलमा पठाएका मतपत्रको रेकर्ड राख्ने, सिलबन्दी गर्ने, प्याकेजिङ गर्ने काम गरिरहेका छन्।

पाल्पामा २ लाख १ हजार ३ सय २६ जना मतदाता रहेका छन। जसमा १ लाख ३ हजार १ सय १८ जना महिला र ९८ हजार २ सय ८ जना पुरुष मतदाता रहेका छन। निर्वाचन सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीहरू पनि तालिमपछि गाउँ गाउँमा पुगेका छन ।

प्रतिक्रिया