


सेभेन डेज सुपर च्यालेन्जमा अनुपविक्रम अनुबन्धित

फरक प्रकृतिको यो शो पहिलो पटक एक साथ दुइ वटा टेलिभिजन मार्फत प्रशारणमा आउने भएको छ । नेपाल नेटवर्क टेलिभिजन र एपीवन टेलिभिजनबाट एक साथ प्रशारण हुने शोको निर्माणमा ठुलो लगानी हुने डिएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।
‘सेभेन डेज सुपर च्यालेन्ज’ को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। यो शोजको प्रशारण माघबाट गर्ने लक्ष्य राखिएको पनि धितालले जानकारी दिए।

