

नताशा दलालसंग आज विवाह बन्धनमा बाँधिदै वरुण धवन

मुम्बई – बलिउड स्टार वरुण धवन आफ्नो प्रेमिका नताशा दलालसँग आज अर्थात जनावरी २४ मा बैवाहिक बन्धनमा बाँधिदैछन् । दुबै जनाको विवाह हिन्दु रीतिरिवाज अनुसार अलीबागको मेहन हासउमा हुनेछ । विवाह अघि उनीहरूका प्रि–वेडिङ कार्यक्रमका खबर प्रशंसकबीच पनि निकै चर्चामा छ ।
नताशा दलाल मुम्बईकी फेसन डिजाइनर हुन् । उनले फेसन इन्स्टिट्युट अफ टेक्नोलोजी, न्यूयोर्कबाट फेसन डिजाइनिङको कोर्स गरेकी हुन् । सन् २०१३ मा उनी भारत फिर्ता भएकी थिइन् ।
यस्तै, वरुण र नाताशा बीचको सम्बन्धको कुरा गर्नुपर्दा यी दुईले निकै लामो समयदेखि एक–अर्कालाई डेट गरिरहेका छन् । बरुण सन् २०१८ मा मात्र नताशासँगको प्रेम सार्वजनिक गरेका थिए ।यी दुई सहपाठी पनि हुन् । हालै करिना कपुरको च्याट शो ह्वाट वुमन वान्टमा वरुणले नताशासँग आफ्नो पहिलो भेटघाटबारे खुलासा गरेका थिए ।
वरुणको नताशासँग पहिलो भेट स्कूलको ६ कक्षामा भएको थियो । यी दुई थुप्रै वर्षसम्म साथी रहे । पछि उनीहरुले एक अर्कालाई डेट गर्न सुरु गरे । नताशाले एक अन्तर्वातामा भनेकी छन् –हामी साथी थियौँ । सायद हाम्रो उमेर २० वर्षको थियो होला हामीले डेट नै गर्दा । हामी टाढा थियौँ तर हाम्रो प्रेम निकै गाढा थियो । ’
उनीहरुको विवाहका लागि बुक गरेका भवन निकै आलिशान र महँगो रहेको छ । रिपोर्टका अनुसार एक रातको उक्त भवन बुकिङका लागि ४ लाख भारु पर्छ ।

