

लागूऔषधसहित एक जना पक्राउ

मोरङ – मोरङ बिराटनगर-१७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सुनसरी धरान-९ का ३९ बर्षीय सुवास लामीछाने रहेका छन ।
उनलाई शनिवार विशेष सुराकका आधारमा SPASMO-PROXYVON-१६९ ट्याब्लेट, NITRAVET-१५ ट्याब्लेट, NITZACARE-२० ट्याब्लेट र DIALEX-DC-२० बोतल लागूऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
उनीउपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

