

महिला लिग फुटबल: आर्मी र वालिङ भिड्दै

काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा आज ९आइतवार० त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्दै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्न लागेका हुन् ।
आर्मी र वालिङबीचको खेल बिहान ११:३० बजे शुरु हुनेछ ।
वालिङविरुद्ध मैदान उत्रदा आर्मी पहिलो जितको खोजीमा हुनेछ । वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा हुनेछ ।

