

सन्दीपविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी

काठमाडौं। प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ । बलात्कार आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न लागेको हो ।
सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थपिन लागेको हो।
म्याद थपका लागि अदालतमा बुझाउने तयारी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
अनुसन्धान गर्न थप समय आवश्यक भएकाले हिरासतमा राख्न अनुमति मागिने एसपी मैनालीले जानकारी दिए । प्रहरी वृत्त, गौशालाबाट उनीविरुद्धको मुद्दाको अनुसन्धान अगाडि बढेको छ ।
एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

