

‘हबस’को परिणामले वडाध्यक्ष बोहरालाई पुरायो हिरासतमा

काठमाडौं– रामेछाप मन्थली नगरपालिका वडा नम्बर १० का ५१ वर्षीय वडाध्यक्ष भरतबहादुर बोहरा अहिले भक्तपुर प्रहरीको हिरासतमा छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले उनलाई शनिबार मन्थलीको चनखुबाट पक्राउ गरी भक्तपुरमा पठायो। कारण हो, चिनजानकी ३३ बर्षिय महिलालाई बलात्कार गरेको उजुरी।
गत सोमबार पीडितले महानगरीय प्रहरी वृत्त, ठिमीमा जाहेरी दिएकी थिइन्।
ठिमी प्रहरीले फरार रहेका वडाध्यक्ष बोहरालाई पक्राउ गरिदिन रामेछाप प्रहरीलाई पत्र पठाएको थियो। २ माघमा बलात्कार भएको उजुरी परेपछि बोहरालाई पक्राउ गरी ल्याइएको हो। मध्यपुर ठिमी नगरपालिका–३ स्थित एक घरमा डेरा गरी बस्ने महिलाले उजुरी दिएकी थिइन्।

