

जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

रामेछाप – रामेछापको मन्थली नगरपालिका १० का वडाध्यक्ष भरत बोहोरा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीले उनलाई शनिबार चनखुबाट पक्राउ गरेको हो । भक्तपुरको ठिमी प्रहरी वृत्तले पक्राउ गरी पठाइदिन गरेको आग्रह अनुसार प्रहरीले उनलाई पक्राउ गरी शनिबार नै ठिमी वृत्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिएका छन् ।
मन्थलीकै बोहोरासँग पूर्वपरिचित महिलाले १० दिनअघि ठिमी स्थित डेरामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी छिन् । मदिरा सेवन गरेर बलात्कारको उजुरी परेपछि प्रहरी पीडितको डेरामा पुगेको थियो । रक्सीले मातेर उनले बलात्कार गरेको पीडितको दावी छ ।
युवतीले दिएको जाहेरीकै आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष बोहोरा पक्राउ परेका हुन् ।

