सशस्त्र प्रहरी बलमा अवकाश हुनेको ओईरो, बढुवाका लागी योग्य उमेदवार भेटिएनन्


काठमाडौ – सशस्त्र प्रहरी बल नेपालमा पुस मसान्तमा दर्जनौ अधिकृतहरु एकैसाथ ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउने भएका छन् । अवकाश पाउनेमा एआईजीदेखि डिएसपीसम्मका अधिकृतहरु छन् ।

नेपाल प्रहरीमा सेवा शुरु गरेका उनीहरु ०५८ सालमा सेवा स्थानान्तरण गरेर सशस्त्र प्रहरीमा गएका थिए । अनिवार्य अवकास पाउनेमा एआईजी नारायणबाबु थापा उच्च पदस्थ अधिकृत हुन् । थापा सशस्त्र प्रहरीका उच्च व्यावसायीक अधिकृत पनि हुन् ।

त्यस्तै अनिवार्य अवकाश पाउने एसएसपीहरुमा इन्द्रराज कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री, प्रेमराज पोखरेल, प्रकाश श्रेष्ठ, शान्तिकुमार कार्की, श्याम कोइराला, सुदेशकुमार गुरूङ र राजेन्द्रकुमार अधिकारी रहेका छन् ।

त्यसैगरी एसपीहरुमा मातृकाप्रसाद कोइराला, ओजेश ओली, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, राजु पाँडे, समरबहादुर श्रेष्ठ, कृष्णप्रसाद कोइराला, खेमबहादुर थापा, तुलसिराम दाहाल, रोशन श्रेष्ठ, बसन्तकुमार वोगटी, दिलबहादुर पन्थ, दलबहादुर श्रेष्ठ, तारिक चन्द चैधरी, अर्जुन प्रसाद सापकोटा रहेका छन् ।

डीएसपीहरू अजयकुमार छत्कुली, भरत बस्नेत, जीवनबहादुर भण्डारी, डिल्लीकुमार कार्की, प्रकाश कुमार माझी, रूमबहादुर कार्की, शंकरकुमार पोख्रेल, जगदिश प्रसाद थारू, उपेन्द्रबहादुर बुढा क्षेत्री रहेका छन् ।

करिब तीन दर्जन उच्चअधिकारीहरूको अवकाशसँगै सशस्त्रमा बढुवाको पनि ताँति नै लाग्ने देखिएको छ । अघिल्लो साता मात्रै ६ जना एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस गरेको सशस्त्रमा अब खालि हुने एसएसपी बढुवाका लागी न्यूनतम योग्यता पुगेका उमेदवार नै छैनन् । सशस्त्रमा एसएसपीमा बढुवाका लागी एसपीमा कम्तिमा चार वर्ष पुरा भएको हुनै पर्ने नियम छ । तर अहिले  कोही पनि उक्त नियमावलीभित्र नपर्ने देखिएपछि सशस्त्रमा कायमुकायम बढुवाको तयारी थालिएको छ।

यसरी कायममुकाय बढुवाका लागी ०७५ वैशाख २६ गते बढुवा भएका सि सं. १ को टोली अग्रपंक्तिमा रहेको छ । सो टोलीमा सुरेशकुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा, अन्जनीकुमार पोखरेल, मनिष थापा, प्रकाश थापा रहेका छन् ।

त्यसैगरी मुरारी बस्नेत, रेशमकुमार थक्सु, कृष्ण ढकाल, विशेश्वर थापा, विनोदराज श्रेष्ठ, प्रविण कँडेल कायममुकायम बढुवाको सुचीमा छन् ।

त्यसैगरी सिंस २ का विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसि, कमलप्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण वस्नेत, माधवप्रसाद पौडेलसम्म एसएसपी बढुवाको सूचीमा छन् । अहिले एसएसपीका १० पद रिक्त रहेका भएपनि आगामी माघ १ गतेसम्म रिक्त पद संख्या २१ पुग्ने सशस्त्र प्रहरी बल नेपाल हलचोक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया