

अनुसँग बैवाहिक बन्धनमा बाँधिए ‘हैट’

काठमाडौं – ‘हैट’ नामले परिचित कलाकार बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिएका छन। तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन।
भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ परम्पराअनुसार उनीहरूको विवाह समारोह भइरहेको छ। विवाह समारोहमा दुबैका परिवार, आफन्त र साथीहरूको उपस्थिति छ।
तामाङले थिङसँग मागी बिहे गरेका हुन्। थिङ हाल स्नातक अध्ययन गरिरहेको बताइएको छ।
उनको विवाहमा दीपक राज गिरीले स्वास्थ्यको कारण उपस्थित हुन नसकेको जानकारी दिएका छन् भने केदार घिमिरे ‘माग्ने बुढा’ भने सहभागी भएका छन् ।

