दशैं नजिकिएसँगै दैनिक तीन हजार नेपाली घर फर्किंदै


नेपालगञ्ज – हिन्दुहरुको महान पर्व दशैँ नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका सयौं नेपाली चाडपर्व मनाउन नेपाल फर्किन थालेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली अहिले दशैं-तिहार मनाउन सो सङ्ख्यामा नेपाली स्वदेश फर्केका हुन् ।

लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका सयौं युवा अहिले नेपाल फर्किरहेकाले सीमामा भीड बढेको सीमास्थित जमुनाहा प्रहरीले जनाएको छ । दशैं नजिकै आइसकेकाले अहिले दैनिक तीन हजार बढी नेपाली भारतबाट रोजगारी गरेर घर फर्किरहेको जमुनाहा प्रहरी कार्यालयका प्रमुख माधव रिजालले बताए।

यसअघि सीमापारी र सीमानामै विभिन्न प्रकारका ठगी र लुटपाटमा नेपाली पर्दै आएकाले यसपटक दुबैतर्फ समन्वय गरेर कडा निगरानी बढाइएको उनले बताए । सल्यान, दैलेख, सुर्खेत र जाजरकोटका सयौं युवा दिनहुँ भारतबाट नेपाल फर्किरहेका छन् ।

प्रतिक्रिया