काठमाडौंको कपनमा आगलागी


काठमाडौं – काठमाडौंको राम मन्दिर नजिकै कपनमा आगलागी भएको छ।

बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् । त्यो विस्फोट ट्रेकिङ्गमा प्रयोग गरिने सिलिण्डरको हुन सक्ने अनुमान छ ।

‘आगलागी भएको छ,’ उनले भने, ’अहिले घटनास्थलमा छौं। थप विवरण आउन बाँकी छ।’ आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।

दमकल तथा प्रहरीको सहयोगमा आगो निभाउने काम भइरहेको छ । यसबारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया