

सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम लिने पहिलो महिला सैनिक राधिका

काठमाडौं – राधिका थापा नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम लिने पहिलो महिला सैनिक भएकी छन् ।
सेनाका अनुसार सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कात्तिक १८ देखि माघ ६ गतेसम्म सञ्चालन भएको तालिममा सहभागीता जनाउने उनी पहिलो नेपाली महिला सैनिक बनेकी हुन् ।
तीन महिनाको अवधिसम्म चल्ने अत्यन्तै कठिन तालिमको रुपमा लिइएको उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने, जंगलमा बाँच्ने तरिका तथा सर्पदंश व्यवस्थापन लगायत विभिन्न सैनिक सीपहरु सिकाइन्छ ।
यसरी नेपाली सेनाको इतिहासमा यो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक पनि भएकी सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

