सिंघम डिएसपी सर्वोच्चको शरणमा


काठमाडौं – उच्च अदालत पाटनले एक लाख धरौटी माग गरेपछि निलम्बनमा परेका प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमोध ढुंगेल सर्वोच्चको शरणमा पुगेका छन् ।

उच्च अदालत पाटनले ‘डाँका शरीर बन्धक र संगठीत अपराध’ मुद्दामा १६ पुस २०७७ मा १ लाख धरौटी मागेपछि उनी उक्त आदेशविरुद्ध हिजो बुधबार १७ नम्बर निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

यसअघि जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा छाडेपछि उनको जागिर जोडिएको थियो । डिएसपी ढुंगेललाई आपराधिक गतिविधीमा जोडिएको आरोप लागेपछि एक बर्ष अगाडी जिल्ला अदालत काठमाडौंमा लुटपाटको मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा थुनछेकपछि जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले साधारण तारेखमा छाड्ने आदेश दिएका थिए।

उक्त आदेश सरकारी वकिल कार्यालयले दर्ता गरेको १७ नम्बर निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीशद्वय दिपेन्द्रबहादुर बम र जगतबहादुर थापाको संयुक्त इजलासले डिएसपी ढुंगेलले अनुसन्धानको क्रममा अपराधमा संलग्न बिक्रम श्रेष्ठलाई पटक–पटक गरी पाँचपटकसम्म फोन सम्पर्क गरेको, वारदात मिति २६ चैत २०७५ मा चक्रपथस्थित भेनस रेष्टुरेन्टमा श्रेष्ठसँग भेटेको देखिएको हुँदा उक्त कसुरमा ढुंगेलको संलग्नता नरहेको मान्न नसकिने जनाउँदै जिल्ला अदालतको आदेश बदर गर्दै एक लाख रुपैंया धरौटी माग गरेको हो ।

डिएसपी ढुंगेलले अनुसन्धानको क्रममा अपराधमा संलग्न बिक्रम श्रेष्ठलाई पटक–पटक गरी पाँचपटकसम्म फोन सम्पर्क गरेको, वारदात मिति २६ चैत २०७५ मा चक्रपथस्थित भेनस रेष्टुरेन्टमा श्रेष्ठसँग भेटेको देखिएको हुँदा उक्त कसुरमा ढुंगेलको संलग्नता नरहेको मान्न नसकिने जनाउँदै  जिल्ला अदालतको आदेश बदर गर्दै एक लाख रुपैयाँ धरौटी माग गरेको थियो

जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि डिएसपी ढुंगेलको निलम्बन फुकुवा भएको थियो। तर उच्च अदालतको आदेशले डिएसपी ढुङ्गेल पुनः निलम्बन हुने भएका छन्।

सरकारी वकिलको कार्यालयबाट जानकारी आउनु पर्ने हो अहिलेसम्म नआएको प्रवक्ता कुवँरले बताए । उनले भने, ‘जिल्लाको आदेशविरुद्ध उच्च अदालतले धरौंटी माग गरेको तथ्य भए निलम्बन जारी रहन्छ।’ प्रहरी प्रधान कार्यालयमा डिएसपी ढुङ्गेल कार्यरत छन्।

उच्चको आदेशः

सर्वोच्चमा परेको निवेदनः

प्रतिक्रिया